पोखरामा भोलि हुने ‘चङ्गा अल–स्टार फुटसल’ को तयारी पूरा, उद्घाटनमा कर्पाेरेट र क्रियटर्स भिड्ने
पाेखरा | असार ४, २०८३
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई एउटै मैदानमा जमघट गराउनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए ।
सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू (कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत) आबद्ध ४ वटा टोलीहरूले सहभागिता जनाउँदैछन् ।
उनका अनुसार रंगशालाको बहुद्देश्यीय भवनममा हुने उद्घाटन खेलमा टिम कर्पाेरेट र टिम क्रियटर्सबीच हुनेछ ।

दोस्रो सेमिफाइनल खेल आयोजक चंगा र काठमाडौंको टिम प्याराडाइमबीच प्रतिस्पर्धा हुने चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए ।
केसीका अनुसार निशुल्क प्रवेशको व्यवस्था रहेको सो कार्यक्रम विभिन्न स्टलहरु रहनेछन् । दिउँसो ३ बजेदेखि सुरु हुने सो इभेन्टको चंगा स्पोर्टस्बाट प्रत्यक्ष प्रशारण हुनेछ ।
चंगा प्रोडक्सन मोफलसलकै लोकप्रिय र चर्चित प्रोडक्सन कम्पनी हो । जसले ‘हावा जस्तै’ लगायतका दर्जनौ सफल म्यूजिक भिडियोहरु उत्पादन गरिसकेको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

